राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा नेमकिपाका ४ उम्मेदवार

भक्तपुर, पुस २४
यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सोमवार नेपाल मजदुर किसान पार्टीका चार जनाले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन । नेमकिपाले बागमती प्रदेशमा ४ सदस्यका लागि हुने निर्वाचनका लागि चार जनालाई उम्मेदवारी दर्ता गराएको हो ।
निर्वाचन आयोगका अनुसार नेमकिपाका महिलामा कृष्णलक्ष्मी दुवाल, दलितमा संगिता नेपाली, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूदायमा हिमालयश्वर लाल मुल र अन्यमा श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका छन ।
बागमती प्रदेशमा नेमकिपाका भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख र बागमती प्रदेशसभाका ३ सदस्य मतदाता रहेका छन ।