पत्रकार महासंघ भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश

भक्तपुर, पुस २३
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको स्थापनाका भएको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघ भक्तपुर शाखाले सोमवार कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले पत्रकारहरुका साझा मुद्दामा पत्रकारहरु एकत्रित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरु आफैंमा एकतावद्ध हुन नसक्दा पत्रकारहरुका श्रमका मुद्दा, व्यवसायिक ऐजेण्डा कमजोर बन्नेतर्फ सचेत पार्नुभयो ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् भक्तपुर शाखाका संस्थापक सदस्य अमर भुजुले शाखा गठनका घटनाक्रमको चर्चा गर्नुभयो । महासंघ भक्तपुर शाखाका पुर्व अध्यक्ष र वर्तमान सल्लाहकार समेत रहनुभएका भुजुले शाखाको भवन निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले २७ वर्षिय महासंघ भक्तपुर शाखाले धेरै आवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको ईतिहास उल्लेख गर्दै महासंघको साझा लक्ष्य प्राप्तीका लागि आपैmंभित्रको असमझदारीले अवरोध आएकाले सबैले आ–आफ्नो गल्ती कमजोरी मनन गरेर एकतावद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।
कार्यक्रममा शाखाका सचिव संजीप घिमिरे शुभचिन्तक, प्रेस चौतारी नेपालका भक्तपुर जिल्ला सचिव आशिष पौडेललगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, महासंघ भक्तपुरका पुर्व अध्यक्ष एवम् सल्लाहकार पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी, वरिष्ठ पत्रकार केदार कोइराला, केन्द्रीय परिषद सदस्य पेशल आचार्य, पूर्णभक्त दुवाललगायतको सहभागिता रहेको थियो ।