मध्यपुर थिमिमा ज्येष्ठ नागरिक परिचयपत्र वडाबाटै वितरण हुने

भक्तपुर, पुस २०
मध्यपुर थिमि नगरपालिकामा ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धीत वडा कार्यालयबाट नै जारी हुने भएको छ । नगर कार्यपालिकाको हालै सम्पन्न १६ औं बैठकले ज्येष्ठ नागरिक परिचयपत्र वडा कार्यालयबाटै जारी गर्ने निर्णय गरेको हो ।
ज्येष्ठ नागरिकहरुले सार्वजनिक यातायातको सवारी भाडामा छुट पाउनुका साथै विभिन्न निकायमा लाइन नबसी सेवा सुविधा प्राप्त गर्न सकिने ज्येष्ठ नागरिक परिचयपत्र लिन नगरपालिका कार्यालयसम्म आउन जान सेवाग्राहीको उमेरलगायतका कारण असहज भएको गुनासो आएकोले वडाबाटै सो परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।