सांसद थापाको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा शल्यक्रिया सम्पन्न

भक्तपुर, मंसिर ४
भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचार गरिरहनुभएका भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाको सोमवार शल्यक्रिया भएको छ ।
नसा सम्बन्धी एभिएन पेल्भिसबाट केही महिना यता अस्वस्थ रहनुभएका सांसद थापाको डा. सुनिल टुली नेतृत्वको टोलीले दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट शल्यक्रिया गरिएको उहाँका स्वकीय सचिव सुभासिष ढकालले जानकारी दिनुभयो ।
सांसद थापालाई शल्यक्रियापछि अब्जरभेसनको लागि आईसीयुमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ढकालले बताउनुभयो । सांसद थापा गत कार्तिक ३० गते उपचारका लागि दिल्लीतर्फ जानुभएको थियो । उहाँको साथमा भाई प्रकाश थापा पनि साथै हुनुहुन्छ ।