राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट भाईटीका ग्रहण

भक्तपुर, कार्तिक २९
तिहारको अन्तिम दिन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनीको हातबाट भाईटीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।