भक्तपुरमा नपुखुमा डुबेर १ जनाको मृत्यु

भक्तपुर, कार्तिक २९
भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर मंगलवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–४, नासमना बस्ने ५३ वर्षिय सुमन राजभण्डारी हुन ।
नपुखुमा डुबेका राजभण्डारीलाई उद्धार गरी भक्तपुर अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।