गठ्ठाघरको होण्डा शो रुमका ग्राहकले जिते १० लाख

भक्तपुर, कार्तिक २४
भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जित्नुभएको छ । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले दशैं तिहार अफर अन्तरगर्त १० लाख रुपैंया नगद पुरस्कार जित्नु भएको हो ।

 

 

 

 

 

 

 

 

होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रा.लि.ले दशैं तिहार अफर अन्तर्गत हात खाली नहुने स्क्र्याच कुपन अफरमा राखिएको थियो । लामिछानेले स्कुटी खरिद गरेर ७७११००२१७ नं. को कुपन प्राप्त गर्नुभएको थियो । सो कुपन कुपन स्त्र्mयाच गर्दा १० लाख रुपैंया जित्नु भएको होण्डा शो रुम मेट्रो अटो सेन्टरका सञ्चालक मिलन सिग्देलले बताउनुभयो ।