भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाईते

भक्तपुर, कार्तिक २४
भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना सामान्य घाईते भएका छन । घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल हुन । घाईते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
गठ्ठाघरस्थित प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा शुक्रवार बिहान जंगली चितुवा फेला परेको थियो । स्थानीय पवित्रा सुनारको घरको कम्पाउण्डभित्र उक्त चितुवा फेला परेको थियो ।


स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानो थिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो । चितुवालाई डिभिजन वन कार्यालय काठमाण्डौंको प्राविधिकसहितको टोलीले चार पटक डार्ट गरी नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताउनुभयो ।
चितुवा गर्भिणी जस्तो देखिएको र सदरचिडियाखाना ललितपुर लगिएको कडालले जानकारी दिनुभयो ।