जाजरकोट भूकम्प अपडेट–३६ जनाको मृत्यु, ४६ जना घाइते

भक्तपुर, कार्तिक १८
जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राती गएकोभूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।
उहाँका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । भूकम्पले हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको ढकालले बताउनुभयो ।
भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकालले जानकारी दिनुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।