मेसीलाई किर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड

भक्तपुर, कार्तिक १४
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आठौं पटक बालोन डी’अर अवार्ड जितेको छ । मेसीले यसवर्षको बालोन डी’अर अवार्ड जितेसँगै किर्तिमानी आठौं पटक पुगेको हो । फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डी’अर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौ पटक जितेका हुन् ।
अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए । उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन् ।
महिलातर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले पहिलो पटक उपाधि जितेकी छन् ।
मेसीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए । मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए ।