तास खेल्ने १५ जना पक्राउ

भक्तपुर, कार्तिक १३
भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले आइतवार १५ जनालाई पक्राउ गरेको छ । भोजपुरको अरुण गाँउपालिका–२ घर भई हाल कौशलटार बस्ने ४८ वर्षिय ईन्द्र बहादुर श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टहराधनी श्रेष्ठसहित सिन्धुली गोलन्जोर गाँउपालिका घर भई हाल कौशलटार बस्ने ५६ वर्षिय कुमार बराल, दोलखा जिरी नगरपालिका–८ घर भई हाल भक्तपुर बालकोट बस्ने ४३ वर्षिय बाबुराम खड्का, काभ्रेपलान्चोक रोशी गाँउपालिका–१ घर भई हाल काठमाण्डौं कोटेश्वर बस्ने ५० वर्षिय बुद्धिलाल स्याङतान, मध्यपुर थिमि–३ बस्ने ३० वर्षिय राम गोपाल कुटु, काभ्रेपलान्चोक माहाभारत गाँउपालिका–६ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४६ वर्षिय क्षेत्र बहादुर मोक्तान, रामेछाप दोरम्बा गाँउपालिका–३ घर भई हाल कौशलटार बस्ने ५१ वर्षिय शेर बहादुर थापा मगर, काभ्रेपलान्चोक तिमाल गाँउपालिका–७ घर भई हाल लोकन्थली बस्ने ६० वर्षिय लालमान तामाङ, सर्लाही ईश्वरपुर नगरपालिका–४ घर भई हाल कौशलटार बस्ने ५१ वर्षिय ईश्वर भुजेल र काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–४ घर भई बालकोट बस्ने ३९ वर्षिय अभिशेक आचार्य छन ।
यसैगरी पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३२ वर्षिय अर्जुन चौलागाई, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–१० घर भई हाल कौशलटार बस्ने ५९ वर्षिय अर्जुन घोरासैनी, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–१ घर भई हाल कौशलटार बस्ने ३८ वर्षिय सुरज तामाङ, काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–५ घर भई हाल कौशलटार बस्ने ५० वर्षिय रबिन श्रेष्ठ र मध्यपुर थिमि–३, कौशलटार बस्ने ४१ वर्षिय सानुकाजी प्रजापति रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट १४ बुक तास र नगद एक लाख ४ हजार ६५० रुपैंया बरामद गरेको डिएसपी पाठकले जानकारी दिनुभयो ।