६२ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, कार्तिक १०
‘जातिय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु’ अर्थात जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ ६२ औं विराट नेपालभाषा साहित्य सम्मेलन बिहिवार सम्पन्न भएको छ ।
भक्तपुरको विकुमःछें मा आयोजित सम्मेलन विराट साहित्य गुथि आन्दोलनबारे विविध चर्चाका साथै नेपालभाषाका साहित्य वाचन गरी जातिय स्वतन्त्रताका लागि भाषाको महत्व र योगदानबारे परिचर्चासहित सम्पन्न भएको हो ।
सम्मेलनमा ‘पहिलो विराट पूर्ण वैद्य पुरस्कार’ नेपालभाषा एकेडेमीका सह–उपकुलपति, इनाप साप्ताहिक पत्रिकाका सम्पादक, नेपाल सम्वत् र नेपालभाषा आन्दोलनका वरिष्ठ नेता एवं नेपालभाषाका वरिष्ठ साहित्यकार मल्ल के. सुन्दरलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद एक लाख रहेको छ ।
त्यस्तै, विराट सुरत्न पुरस्कार तथा प्रमाणपत्रबाट राकेशमान मास्के (२०७८), अनिल स्थापित (२०७९) र नेपाल भाषा विषयमा एसईई २०७९ मा उच्च जिपिए ल्याउन सफल विद्यार्थी निकेश बसि श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरियो । कार्यक्रममा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिद्धारा प्रकाशित ह्याउँवाला विमोचन गरिएको थियो ।


सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ कवि योगेन्द्र प्रधानले जातीय वर्चस्व र स्वार्थका लागि राम्रो नराम्रो काम भएको बताउनुभयो । नेवाः जाति, साहित्य राजनीति आर्थिक सांस्कृतिक रुपमा विराट गुथिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदैं उहाँले अरूको जात, धर्म र भाषा एवं विभिन्न जातजातिको स्वाभिमानलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो
विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्मचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामेश्वर श्रेष्ठ, अर्जुन महर्जन, सविना महर्जन, ज्ञानेन्द्ररत्न बज्राचार्य, दिलकुमारी डंगोल, उर्मिला डंगोल, जितेन्द्र श्रेष्ठ रसिक, बसन्त नकर्मी, मिनर्वा शर्मा, जीवनपति श्रेष्ठ, मिमला शर्मा, सुरेश सैजु, पन्ति, सकुन्तला महर्जनले नेपाल भाषाको कविता वाचन गर्नुभएको थियो ।


त्यस्तै लक्ष्मीचन्द्र बज्राचार्य, रीता महर्जन ऋतु,रमेश मानन्धर, रेणु श्रेष्ठ, बाबुकाजी सुवाल, सुरेन्द्रलाल भुजु, हरिगोविन्द भोमि, दिव्या बज्राचार्य, राजेश्वरी राजोपाध्याय, बद्री बेदना लेखमा ओमनरहरी श्रेष्ठ, केनकुमार, कृष्ण प्रजापति, महर्जन रत्न र सुरेश प्रधानले कथा वाचन गर्नुभएको थियो ।
गुथिका सचिव प्रदीपरत्न शाक्य, विराट गुथिका सल्लाहकार त्रिरत्न शाक्य कोषाध्यक्ष रामगोपाल चगुठी, सह सचिव सुलोचना सैजुलगायतले विराट गुथिबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।