चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई

भक्तपुर, असोज २९
चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा लुभुले १० स्वर्ण २ रजत र ३ कास्य सहित उपाधि जितेको हो ।
यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो र काभ्रे डोजो २ स्वर्ण र ३ कास्यसहित तेस्रो भएको छ ।
खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३ सय खेलाडीहरु सहभागी रहेका थिए । प्रतियोगितामा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला, पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला स्पर्धामा प्रतिष्पर्धा भएको थियो । साथै महिला पुरुष दुवैको एकल कातामा प्रतिष्पर्धा भएको थियो ।


उमेर समूहको उपाधी प्यारागन डोजोलाई
यस्तै उमेर समूह अन्तर्गत खेलाईएको खेलमा प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी जितेको छ । प्यारागन डोजोले ६ स्वर्ण १ रजत र ४ कास्य पदक जितेको थियो ।
यस्तै २ स्वर्ण ३ रजत र ११ कास्य सहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो । उमेर समूहमा विद्या आर्जन स्कुलका १० वर्षिय सुलभ भुजेल उत्कृष्ट खेलाडी घोषित भए । उमेर समूह अन्तर्गत ७ देखि १२ वर्षसम्मका महिला तथा पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।