एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का

भक्तपुर, असोज १८
हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपालमा कम्तिमा कास्य पदक पाउने पक्का भएको हो ।
नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । महिला कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टोलीले कास्य पदक पाउने व्यवस्था छ । यही व्यवस्थाले नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै पदक पक्का गरेर इतिहास रच्न सफल भएको हो । नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।
तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । लगातार २ हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।