चाँगुनारायणका स्थानीय मानवीय कार्यकर्तालाई पुर्नताजगी तालिम

भक्तपुर, असोज १२
चाँगुनारायण नगरपालिकाका स्थानीय मानवीय कार्यकर्ताहरुलाई मानवीय मूल्य मान्यता तथा मापदण्डबारे पुर्नताजगी तालिम प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र आइसेट नेपालको आर्थिक सहयोग र साझेदारीमा सञ्ंचालित नेक्सस परियोजना अन्र्तगत दुई दिने सो तालिम प्रदान गरेको हो । तालिम असोज ११ र १२ गते सञ्चालन भएको हो ।
विपद् पूर्वतयारी सञ्जाल नेपालका कार्यबहाक अध्यक्ष डा. राजु थापा र चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले सहजीकरण गर्नुभएको प्रशिक्षणमा ६ महिला र १२ पुरुष गरी १८ जनाको सहभागिता रहेको थियो ।
नगरका वडामा गठित वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको लागि सञ्चालित प्रशिक्षणमा विपद्, विपद्का प्रकार, विपद् व्यवस्थापन चक्र, चाँगुनारायण नगरपालिकामा विपद्को अवस्था र प्रतिकार्य, विपद्को अवस्थामा आवश्यक मानवीय सहयोग, राहत सामग्री वितरण, आधारभूत मानवीय मापदण्डलगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।


प्रशिक्षण संयोजक डा. राजु थापाले चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धि गरी कार्य गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो । उहाँले डिपिनेटकोतर्फबाट सहयोगी निकायहरुका माझ विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्न चाँगुनारायण नगरपालिकासँगको साझेदारीका लागि समन्वयकारी भूमिका खेल्ने पनि बताउनुभयो ।

सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै चाँगुनारायण नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष सोम प्रधानले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले मनसुनजन्य विपद्बाट वडाबासीलाई सुरक्षित राख्न सहयोग पु¥याएको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने नीति अन्तर्गत सबै वडामा खोज तथा उद्धार सामग्री भण्डारण, राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली गठन गर्न गइरहेको जानकारी समेत दिनुभयो ।
पूर्नताजगी प्रशिक्षणमा आइसेट नेपालका कार्यक्रम संयोजक केशब मलाशी, कार्यक्रम अधिकृत भरत ढुंगानाको पनि सहभागीता रहेको थियो ।