भक्तपुरको ईन्द्रदहमा भक्तजनको घुइँचो

भक्तपुर, असोज १२
भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह(सिद्धपोखरी)मा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ ।
ईन्द्रजात्राको दिन राती खौमास्थित ईन्द्रायणी देवीलाई विभिन्न बाजागाजा सहित ईन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पुजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ । सोही अनुसार बिहिबार राती ईन्द्रायणी देवीलाई इन्द्रदह पु¥याएको थियो । ईन्द्रदहमा नुहाएर ईन्द्रायणी देवीको दर्शन गर्न आज भक्तजनको भिड लागेको हो ।
देवराज ईन्द्रले स्नान गरेको दहको प्रतिकको रुपमा लिने भएकाले स्थानीयले यसलाई ईन्द्रदहको रुपमा समेत लिने गरेको छ । ईन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पुजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । ईन्द्रदहमा वासुकी नागको बसोबास समेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्धारा वासुकी नागको पुजा गर्ने प्रचलन छ ।
ईन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घा“टी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।

यसअघि बिहिवार साँझ सिद्धपोखरीमा दिपावली गरिएको थियो । दिपावलीले सिद्धपोखरीको दृष्य मनमोहक देखिएको थियो ।