संविधान दिवसका ६७० जनाको कैद मिनाहा

भक्तपुर, असोज २
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो ।
कार्यालय प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–डब्लुओ–०९३९ र रिट नम्बर ०७९–डब्लुएच – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिमका उल्लिखित भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बु समेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत ३ जना गरी कूल जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिस बमोजिम असोज ३ गतेदेखी लागु हुनेगरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको जनाएको हो ।