ईन्द्रजात्राको लागि यःसिं लगियो

भक्तपुर, असोज १
ईन्द्रजात्राको लागि काठमाण्डौंस्थित हनुमानढोकामा ठड्याइने यःसिं अर्थात ईन्द्रध्वज आज भक्तपुरबाट लगिएको छ । । ईन्द्रजात्रा शुरुवात भएको संकेत दिन हनुमानढोकामा ठड्याइने उक्त यःसिं केन्द्रीय मानन्धर संघ अन्तर्गतको धालासिक्व टोलका न्हेसः नायःको समन्वयमा भक्तपुरको चित्तपोलस्थित सामूदायिक वनको यःसिं गुँ बाट ताथलीको स्थानीयले तानेर काठमाण्डौं पुर्याएको हो ।
ईन्द्रजात्रा भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीदेखी ८ दिन धुमधामका साथ मनाईन्छ । ईन्द्रजात्राको पहिलो दिन अर्थात यँलाथ्प द्धादशीको दिन हनुमानढोकामा यःसिं ठड्याईन्छ । यो वर्ष असोज ९ गते बिहान १०ः३७ मा यःसिं ठड्याईने साइत रहेको छ । असोज १५ गते ईन्द्रजात्रा औपचारिक रुपमा समापन हुनेछ ।
उक्त यःसिं आइतवार राती काटेको थियो । यःसिं गुँ मा गुठी संस्थानले व्यवस्था गरेको पुजा सम्पन्न गरी आइतवार राती ९ बजेर ३४ मिनेटको साइतमा रुख काट्न शुरु गरिएको थियो ।
चित्तापोलस्थित वनमा गुठि संस्थान भक्तपुरको पहलमा विधिपूर्वक पुजा गरी लिंगो छनोट गरिन्छ । सो लिंगोलाई गणेश चतुर्थीको दिन भद्रकाली पु¥याउने परम्परा अनुसार भक्तपुरबाट तानेर लगिएको हो ।
प्राविधिक कारणले केही वर्ष यःसिंलाई क्रेनमार्फत भक्तपुरदेखि काठमाण्डौंसम्म पु¥याएको भएपनि यसवर्ष परम्परालाई निरन्तरता दिँदैं तानेरै लगिएको हो ।
ईन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाईन्छ । पछिल्लो समय भारतको सिक्किम, अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतमा समेत ईन्द्रजात्रा मनाउन थालेको छ ।