नेम्वाङको निधनले स्तब्ध भएँ–राष्ट्रपति पौडेल

भक्तपुर, भदौ २६
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।
नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताउनुभएको छ । उहाँले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।