मध्यपुर थिमिको विकासमा सहयोग र सहकार्य गर्ने राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको प्रतिवद्धता

भक्तपुर, भदौ २
राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले शनिवार मध्यपुर थिमिका विभिन्न सम्पदा र योजनाहरुको अवलोकन गर्नुभएको छ । सदस्य पुmँयालले चालु आर्थिक वर्ष २०८०÷०८१ मा मध्यपुर थिमिमा सञ्चालन हुने ससर्त र विशेष अनुदानका योजनास्थmको समेत अवलोकन गर्नुभएको हो ।
सो अवसरमा चालु आर्थिक वर्ष मध्यपुर थिमि नगरपालिकाको लागि शिक्षा ,स्वास्थ्य, भौतिक पुर्वाधारतर्फ नगरपालिकाको माग र योजना अनुरुप ससर्त र बिशेष अनुदान मार्फत सहयोग गर्नुका साथै आगामी दिनमा पनि मध्यपुर थिमिको विकासमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


चालु आर्थिक वर्ष योजना आयोगको विशेष र ससर्त अनुदानबाट निलवाराही मन्दिरको चक्रपथ तथा पहिरो नियन्त्रण, जनआदर्श क्याम्पस भवन निर्माण, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आइसीयु तथा विशेष शल्यक्रिया कक्ष निर्माण र वडा नं. ७ को मधुचोक जाने बाटो निर्माणका योजनाहरु सञ्चालन हुने मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा सदस्य फुँयालले मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, आदर्श माध्यामिक विद्यालय लाय्कु, निलबाराहीलगायतका सम्पदा क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो ।