नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने

भक्तपुर, साउन २१
नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं बैठकले नगर सम्मेलन भदौ १६ गते गर्ने निर्णय गरेको हो ।
बैठकले नगर सम्मेलन भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै सचिव विश्वराम थापाको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति गठन गरेको नगर प्रवक्ता रमेश खड्काले बताउनुभयो ।
यसैगरी बैठकले सूर्यविनायक नगरपालिका ३ का हरिकृष्ण श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको छ । यस्तै बैठकले क्रियाशिल सदस्यता नविकरण विषयमा छलफल गरी यथासक्य छिटो सदस्यता नविकरण सम्पन्न गर्ने, पार्टी केन्द्रीय कार्यालयको निर्देशन, केन्द्र, प्रदेश र जिल्ला प्रतिनिधिसहितको बैठक बस्ने र पार्टीको वार्षिक क्यालेण्डर प्रकाशन गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति निशान ढुंगेलले बताउनुभयो ।