शिव सर्किटको प्रचारका लागि सूर्यविनायकका जनप्रतिनिधिहरुले गरे शिवालय परिक्रमा

भक्तपुर, साउन २१
सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले शनिवार नगरका १४ वटा शिवालयको दर्शन गरेका छन । नगरपालिकाले नगरका शिवालयहरुलाई जोड्दै निर्माण गरेको शिव सर्किटको प्रचार प्रसार गरी धार्मिक पर्यटन उद्योगको विकासका लागि जनप्रतिनिधिहरुले शिवालयको सामूहिक दर्शन गरेका हुन ।
नगरपालिकाको वडा नं. २ बालकोटको धर्मेश्वर मन्दिरबाट शुरु भएको शिव सर्किटको परिक्रमा सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर र चरखण्डी, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको मत्स्यश्वर, रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यवनिायक गणेश मन्दिर, नंखेलको नन्दीकेश्वर, सिपाडोलको आशापुरी, चित्तपोलको कैलशानाथ, लटरम्बेश्वर र महाकालेश्वर मन्दिर हुँदै साँझ सिपाडोलको केदारनाथको शिर डोलेश्वर पुगेर सन्ध्याकालिन आरतीमा सहभागी भई समापन भएको थियो ।
शिव सर्किटको दुरी करिव १४ किलोमिटर रहेको छ । सर्किटमा नगरका १५ वटा शिवालयलाई जोडिएको छ ।


शिव सर्किट परिक्रममा नगरप्रमुख थापा, उपप्रमुख सरिता भट्टराई, वडा नं. १ देखी १० सम्म क्रमशः सानुकाजी कायष्ठ, प्रदिप कार्की, दिपेन्द्र केसी, लछुराम न्यौपाने, राजकुमार जोशी, ईश्वर खड्का, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत, भगवान खत्री र शिवराम राउत, प्रमुख प्रशासकिय प्रमुख श्रीधर केसी, सूचना अधिकारी अनरिुद्र नेपाल, कार्यपालकिाका सदस्यहरु, वडा सदस्यहरु र कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यवनिायक नगरपालिका’ भन्ने नाराका साथ धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले शिव सर्किटको निर्माण गरिएको नगरप्रमुख बासुदेव थापाले बताउनुभयो ।
“आन्तरकि तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा र्पुयाउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवम् विकास गर्ने उद्देश्यले शिव सर्किट निर्माण गरिएको र यसको प्रचार प्रसारको लागि परिक्रमा गरिएको हो,” उहाँले भन्नुभयो, “यहाँ आउने आन्तरकि तथा बाह्य पर्यटकले एकै दिन यहाँका १४ वटा शिवालय र प्रसिद्ध सूर्यविनायकको दर्शन गर्न सक्नुका साथै यहाँको मनोरम प्राकृतिक सौन्दर्यको समेत आनन्द लिन सकिन्छ ।”
डोलेश्वर महादेवलाई भारतको केदारनाथको शिर भएको घोषणा गरेपछि यहाँ आन्तरिक र बाह्य भक्तजनको आगमन बृद्धि भइरहेको छ । केही समय यता डोलेश्वरमा भारतीय भक्तजनको आगमन बृद्धि हुन थालेकोले पनि यहाँ धार्मिक पर्यटनको सम्भावना देखिएको छ । त्यसैले नगरपालिकाले शिव सर्किटको अवधारणा ल्याएको वडा नं. २ का वडाअध्यक्ष प्रदिप कार्कीले बताउनुभयो ।