मृत्युपरान्त दान गरेको आँखा प्रत्यारोपण

भक्तपुर, साउन १०
मध्यपुर थिमि–७ नगदेशका ६८ वर्षिय हरीबहादुर घजुले मृत्युपरान्त आँखा दान गर्नुभएको छ । नगदेश बुद्ध विहारका उपासक घजुको अन्तिम संस्कारका लागि मनोहरा खोलाको किनारस्थित ‘नगदेश मसानघाट’ लगिएकोमा त्यही तिलगंगा आँखा अस्पतालका स्वास्थ्यकर्मीले उहाँको आँखा झिकेका थिए ।
घजुले दान गरेको आँखा मध्ये एउटा नुवाकोट जिल्ला निवासी २१ बर्षीया ‘अधिकारी’ थरका युवालाई र अर्को काभ्रेपलाञ्चोक जिल्ला निवासी ३३ बर्षीय ‘राई’ थरकी महिलालाई सफल प्रत्यारोपण गरिएको मध्यपुर थिमि वडा नं. ७ का वडाअध्यक्ष कृष्ण कुमार प्रजापतिले जानकारी दिनुभयो ।