वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

भक्तपुर, साउन ९
जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन ।
दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्डमा दुरी पुरा गरि कीर्तिमान बनाएकी हुन् । यसअघि गौरिकाले १ मिनेट ७.३१ सेकेन्ड समयको कीर्तिमान बनाएको थिया । उनले उक्त कीर्तिमान भारतको गुहावटीमा भएको १२औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिइन् ।
त्यसैगरी २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् । यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए । नासिरले आइतबार ४०० मिटर फ्रि स्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।
मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस् टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् । बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरी प्रतियोगिता आयोजना गरेको हो ।