लागु औषधसहित बालकोटबाट एक जना पक्राउ

भक्तपुर, साउन ९
भक्तपुरको बालकोटबाट प्रहरीले सोमवार राती लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका–५ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ३३ वर्षिय रविन्द्र तामाङ हुन । उनलाई प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।


बालकोटबाट टिकाथली जाने गोदावरी खोलाको पुल नजिक सुरक्षा जाँच गर्ने क्रममा तामाङलाई प्रहरीले तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनको शरीर खानतालासी गर्दा अवैध लागु औषध नाईट्राभेट १० पत्ता (१४९ ट्याब्लेट), डाईजेपाम ३९५ पिस र नरफिन ६३ पिस र दुई थान मोवाइल बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
तामाङलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।