रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

लक्ष्मी गारु, भक्तपुर, साउन ८
यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार आज खम्ये भित्र्याएको हो ।
यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःमेय् चढाएका हुन् । उहाँले चाँगुनारायण नगरपालिका वागेश्वरीबाट रु एकलाखको खःमेय् खरिद गरेर ल्याएको जानकारी दिनुभयो । दमुरुले पाँच वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गरेका थिए । तर नवदुर्गा देवीलाई खःमेय् चढाउन ईच्छा व्यक्त गर्ने श्रद्धालुहरु धेरै भएकाले पालो अनुसार दुमरुले यो वर्षमा मात्र खःमेय् चढाउने अवसर पाएका हुन ।
दुमरुले चढाएको खःमेय्लाई नवदुर्गा देवगणका नकीँ (मुली महिला) मंगलमायाँ बनमालाले विधि विधान अनुसार नवदुर्गा द्यःछें प्रांगणमा पुजाआजा गर्दै देवगृहमा भित्र्याएका थिए । नकीं मंगलमायाँले नै बडादसैंको नवमीसम्म खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् ।
भक्तपुरमा बडादशैंको महानवमीको राती ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तीको लागि बलि दिन धार्मिक, सा“स्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर राक्षसको प्रतिकको रुपमा लिईन्छ ।
खःमेय् निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, शरिरमा सातवटा चक्र भएको ठूलो मोटोघाटो हुनुपर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिनुभयो ।
खःमेय् देवगृहमा भित्र्याउनु अघि तलेजु मन्दिरका पदाधिकारीले अवलोकन गरी योग्य छ छैन निक्र्यौल गरिन्छ । त्यसपछि सोही स्थानबाट खःमेयई झिगाँं र लामखुट्टेले टोक्न नकोस भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ । देवगृहमा भित्र्याएपछि खःमेय्लाई जसले नवदुर्गा देवगृहको किलामा बाँड्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफै ब्रम्हायणी पिठमा गई बलि दिइने परम्परा समेत रहको छ ।
खःमेय्लाई महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा रहेको छ । विधिवतरुपमा नवदुर्गा द्यःछें भित्र्याएको खःमेय्लाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ । सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरिरभरी तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पु¥याउने प्रचलन रहेको छ ।
महिषासुरको प्रतीक मानिएको खःमेय्लाई दौडाएर ब्रम्हायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खःमेय् व्वाकेगु जात्रा (रा“गो दौडाउने जात्रा)को रुपमा लिईन्छ जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाईने एक महत्वपूर्ण जात्रा हो ।
महानवमीको मध्यरातमा त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहु“दा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप खःमेय् बलिपुजा गरी जात्रा मनाउ“दै आएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
कालरात्रिका क्रममा वध गरिएका निकुथु र खःमेय्को मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।