पौडीका नासिरको नयाँ राष्ट्रिय किर्तिमान

भक्तपुर, साउन ७
पौडीका नासिर याह्या हुसेनले ४ सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन । जापानको फुकुओकामा भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन ।
नासिरले ४ सय मिटिर फ्रि स्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । यसअघि नासिरकै नाममा ४ मिनेट १२.१७ सेकेन्ड समयको किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान गत असारमा आयोजना भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए ।
एक महिनाको अवधिमै उनले उक्त कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । अब नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।