करेन्ट लागेर मजदुरको मृत्यु

भक्तपुर, साउन ६
भक्तपुरको च्याम्हसिंहमा शनिवार दिउँसो करेन्ट लागेर एक प्लम्बर मजदुरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८, च्याम्हसिंहको एक निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सूर्यबिनायक नगरपालिका–६, सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयना रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएका त्वयनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको हो ।