गुड्दै गरेको बसमा आगलागी

भक्तपुर, साउन ६
भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भञ्ज्याङमा शनिवार साँझ गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाण्डौंबाट भक्तपुर हुँदैं काभ्रेपलाञ्चोकको पनौती जाँदै गरेको बा ५ ख ३७०१ नं. को बसमा अचानक आगलागी भएको हो ।
आगलागीबाट कुनै मानविय क्षती नभएको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ । बसको धुवाँ जाने पाइप साईलेन्सरबाट आगलागी भएको बताईएको छ । आगलागी दमकलको सहायताले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।