छात्रवृत्तिमा कक्षा ११ अध्ययन गर्न मध्यपुर थिमि नगरपालिकाद्धारा आवेदन माग

भक्तपुर, साउन ४
मध्यपुर थिमि नगरपालिकाले नगरभित्र संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको छ । नगरपालिकाको शिक्षा शाखाले गत मंगलवार एक सूचना प्रकाशन गर्दै छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जारी सूचनामा यही साउन १० गतेभित्र ईच्छुकलाई आवेदन दिन आग्रह गरिएको छ । आवेदकले आवेदनका साथ एसईई उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि, समावेशी छात्रवृत्तिका लागि थरबाट नछुट्टिने विद्यार्थीले आधिकारिक आयोग÷संघसंस्थाबाट परिचय खुलेको समावेशी प्रमाणपत्रको प्रतिलिपि, आर्थिकरुपले विपन्न र पिछिडिएको वर्गको छात्रवृत्तिको लागि विपन्नता खुलेको वडा वा स्थानीय तहको सिफरिस पत्रको सक्कल पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी एकै घरका एक भन्दा बढीले एसईई परीक्षा उत्तीर्ण गरेको भए कुनै एकले मात्र छात्रवृत्तिका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।
छात्रवृत्तिको विद्यार्थी छनोट कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा वस्तुगत प्रश्न तयार गरी परीक्षा सञ्चालन गरिने जानकारी दिँदैं भट्टले विद्यालयथत छात्रवृत्ति कोटा, परीक्षा तालिका र परीक्षा केन्द्र सम्बन्धी विवरण पछि प्रकाशन गरिने बताउनुभयो ।

https://www.madhyapurthimimun.gov.np/ne