नेपाल बौद्ध परियत्ति शिक्षाको पालि तथा धम्मपद विषयका कक्षाहरू जूम तथा भाैतिक रूपमा आजदेखि

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ४ देखि कक्षा १० सम्मको केही विषयहरुका कक्षा आजदेखि अनलाइन तथा भौतिक मार्फत हुन लागेको छ । पालि तथा धम्मपदका कक्षाहरु बेलुका ५ः१५ – ७ः१५ बजेसम्म अनलाइनबाट जूम मार्फत शुक्रवार बाहेक हप्ताको ६ दिन कक्षा ७ – १० सम्मका पालि तथा धम्मपद विषयका कक्षाहरु हुन लागेको हो । जूम मार्फत भिक्षु संकिच्च महास्थविरले कक्षा १० को पालि भाषा आइतवार, विहिवार र शनिवारका दिन बेलुका ६ः१५ – ७ः१५ सम्म पढाउनु हुनेछ । त्यस्तै भिक्षु सिरिवजिर, भिक्षु पियरतन, भिक्षु सोमरतन र अनागारिका जवनवतीले जूम मार्फत कक्षाहरु संचालन गर्नुहुनेछ ।
जूमको लागि –

Meeting ID – 2066301650

Passcode – 123456

त्यस्तै प्रत्येक शुक्रवार साँझ ४ – ५ः३० बजेसम्म भास्सरा मा. वि. पूर्णचण्डी, ललितपुरमा कक्षा ४ – ६ सम्मका पालि भाषाका कक्षाहरु भौतिक रुपमा संचालन हुन लागेको छ । जसमा कक्षा ६ मा अनागारिका ञाणवती, कक्षा ५ मा सुष्मा बज्राचार्य, कक्षा ४ मा आभा अवालेले पालि भाषा सिकाउनु हुनेछ ।

विहार, संस्था तथा विद्यालयहरु समेत गरी हाल ८५ वटा केन्द्रहरुमा परियत्ति शिक्षाको अध्ययन अध्यापन कार्य भैरहेको छ ।