मध्यपुर थिमिको होली गोर्डनकी प्रजुनाले ल्याइन एसईईमा ४ जिपिए

भक्तपुर, असार २१
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ मा मध्यपुर थिमिको होली गार्डेन ईङ्गलिस स्कुलकी छात्रा प्रजुना शंखदेवले ४ जिपिए प्राप्त गर्नुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको नतिजामा ०२८०३७८८२ सिम्बोल नं.की प्रजुनाले सबै विषयको सैद्धान्तिक र व्यवहारिक परीक्षामा ए प्लस अंक ल्याएर समग्रमा ४ जिपिए प्राप्त गर्नुभयो ।