आगलागीमा गम्भिर घाईतेको उपचारका क्रममा मृत्यु

भक्तपुर, असार १६
भक्तपुरमा ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ पलाँसेमा गत असार १ गते ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते भएका ३३ वर्षिय रामकुमार सार्कीको उपचारको क्रममा शुक्रवार राती ११ बजे निधन भएको हो ।
सार्की आफ्नै घरमा चिया पकाउने क्रममा ग्याँस लिग भई आगलागी हुँदा जलेर गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि स्थानिय मेडिकल लगेकोमा थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल काठमाण्डौं लगिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।