काकाको हत्या गरेको अभियोगमा भतिज पक्राउ

भक्तपुर, असार १६
भक्तपुरमा काकाको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी बस्ने ८१ वर्षिय कृष्णबहादुर प्रजापतिको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४१ वर्षिय न्हुँछे प्रजापति पक्राउ परेका हुन ।
हिँडडुल गर्न समेत नसक्ने कृष्णबहादुरलाई न्हुँछेले सम्पत्ती सम्बन्धी विवादमा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाईते भएका कृष्णबहादुरलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कुटपिट पश्चात फरार रहेका न्हुँुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ महेश्वरी खेलमैदानबाट घटना भएको दिन बिहीवार नै पक्राउ गरेको प्रहरी वृत्त जगातीका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।