स्व. विश्वनाथ मिश्रको शालिक निर्माण हुने

भक्तपुर, असार ११
भक्तपुर सूर्यविनायक नगरपालिका–१, सिरुटारका समाजसेवी स्व. विश्वनाथ उपाध्यायको शालिक निर्माण हुनेभएको छ । स्थानीय सोमलिंगेश्वर आधारभुत विद्यालयका जग्गा दाता समेत रहनुभएका मिश्रको शालिक सोही विद्यालयको प्रांगणमा निर्माण हुन लागेको हो ।
शालिक निर्माणको आइतवार शिलान्यास गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले समाजको सेवाका लागि गरेको योगदान कहिल्यै खेर नजाने बताउनुभयो । उहाँले स्व. मिश्र जस्ता समाजसेवीको सम्मानमा शालिक निर्माण हुनु समस्त समाजसेवीको सम्मान भएको बताउँदैं यस्ता कार्यले समाजसेवीलाई हौसला प्रदान गर्नुका साथै अभिप्रउरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शालिक निर्माणका लागि करिव ४ लाख रुपैंया खर्च हुने अनुमान गरिएको विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान प्रतिमा निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम कार्कीले बताउनुभयो । उहाँका अनुसार शालिक निर्माणका लागि बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलको पहलमा ३ लाख ३९ हजार ३ सय ६४ रुपैंया विनियोजन भई आएको छ । बाँकी जनश्रमदानबाट व्यहोर्ने कार्कीले बताउनुभयो ।