साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ

भक्तपुर, असार १
साढे ४ किलो गाँजासहित भक्तपुर प्रहरीले बिहिवार साँझ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका–१० मंगलटार घर भई हाल भक्तपुर मंगलाछे बस्ने २३ वर्षिय अभी तामाङ हुन ।
उनलाई प्रशरी प्रभाग दरवारस्क्वायरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा तामाङलाई सोधपुछ गर्दा उनको साथबाट ४ किलो ५२० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।