वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि प्रथम

भक्तपुर, जेठ २७
विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘स्वस्थ र स्वच्छ वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयको भक्तपुर जिल्लाव्यापी माध्यामिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगितामा नवरत्न ईङ्गलिस स्कुलका प्रनिधि मानन्धर प्रथम हुनुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा र शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा प्रथम हुँदैं मानन्धरले ट्रफी, प्रमाणपत्र र नगद २० हजार रुपैंया पुरस्कार पाउनुभयो ।
प्रतियोगितामा नोवेल ईङ्गलिस स्कुलका सविन घिमिरेले दोस्रो हुँदैं नगद १० हजार पुरस्कार प्राप्त गर्नुभयो भने सुप्रिम एकेडेमीका युनिशा कार्की तेस्रो हुनुभयो । उहाँले नगद ५ हजार पुरस्कार पाउनुभयो । यसैगरी नवरत्न ईङ्गलिस स्कुलका सारिका श्रेष्ठ र अरनिको माध्यामिक विद्यायका पल्लवी पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुले नगद २ हजार ५ सय नगद पाउनुभयो ।
प्रतियोगितामा भक्तपुरका २३ विद्यालयका १२ छात्र र २६ छात्रागरी कुल ३८ जनाको सहभागिता रहेको मेरी गोल्ड स्कुलका उद्धव सिलवालले जानकारी दिनुभयो । प्रतियोगितामा पत्रकार तिर्थ कोइराला, साहित्यकारद्धय डा. बमबहादुर थापा र जनार्दन अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।