नेपाल पत्रकार महासंघ भक्तपुरको नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस

भक्तपुर, जेठ २३
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले नयाँ सदस्यका लागि ७ जनाको नाम सिफारिस गरेको छ । महासंघको मंगलवार बसेको बैठकले जिल्लामा सदस्यताका लागि आवेदन दिएका ३७ जना मध्ये महासंघको विधान, सदस्यता शुद्धिकरण मापदण्ड २०७९ बमोजिमको मापदण्ड र योग्यता पुगेका ७ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्ने पत्रकारहरुमा कैलाश खबर टिभिका अंजिरसिंह विश्वकर्मा, भक्तपुर पोष्ट डटकमका निशा कुस्मा, ननस्टप खबर डटकमका आकाश गजुरेल, लोकबोली डटकमका प्रदिप श्रेष्ठ, सर्चअल नेपालका केदार प्रसाद गौतम, हिमाल खबरका अनिता श्रेष्ठ र पालिका खबरका विपना मुसिख्वाल रहेको शाखा सचिव संजीप घिमिरे शुभचिन्तकले बताउनुभयो ।
शाखाले सदस्यताका लागि परेको आवेदनमाथि छानविन गरी सिफारिस गर्न उपाध्यक्ष सुन्दर शिल्पकारको संयोजकत्वमा सहसचिवद्धय हेमराज ढकाल, सुमन श्रेष्ठ, सदस्य दिनेश कार्की र सदस्य सचिवमा शाखाका सचिव घिमिरे रहेको समिति गठन गरेको थियो ।
समितिले प्राप्त निवेदन उपर आवश्यक छानविन गरी सात जनाको नाम सर्वसम्मत सिफारिस गरेको र शाखा कार्यसमितिले सोही नाम सर्वसम्मतरुपमा सिफारिस गरेको घिमिरे बताउनुभयो ।