बायर्नलाई बुन्डेसलिगाको उपाधि

भक्तपुर, जेठ १४
बायर्न म्युनिख लगातार ११औं पटक जर्मन बुन्डेसलिगाको उपाधि बन्न सफल भएको छ । बुन्डेसलिगाको शनिवार सम्पन्न अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्यनलाई शिर्ष स्थानको डर्टमुन्डलाई पछि पार्दै लगातार ११ औं पटक लिग जित्न सफल भएको हो ।
बायर्नको ३२ औं बुन्डेसलिगा उपाधि हो । बार्यनलाई लिग उपाधि दिलाउन खेलको आठौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बय्रणलाई २–१ को जित दिलाए । यस जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोडेर च्याम्पियन बनेको हो ।
समान ३४ खेलबाट ७१ अंक जोडेपनि गोल अन्तरमा बायर्नले डर्टमुन्डलाई पछि पार्दै लगातार ११औं सिजन उपाधि जित्न सफल भएको हो । यता, अन्तिम खेलमा बराबरीमा रोकिन पुग्दा डर्टमुन्डको सन् २०११–१२ पछि उपाधि जित्ने सपना सकिएको हो ।
लिगमा आरबी लाइप्जिग र युनियन बर्लिन शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भयो । फ्रेइवर्गले युरोपा लिग तथा बायर लिभरकुसनले युरोपा कन्फ्रेन्स लिग खेल्ने भएको छ । साल्के र हर्था बर्लिन रेलिगेसनमा पर्दा भिएफबी स्टुटगार्ट रेलिगेसन प्ले अफ खेल्नुपर्नेछ ।