जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

भक्तपुर, जेठ ७
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रीनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीस्थित सोही नगरपालिका–२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।