नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षाको नतिजा प्रकाशन

भक्तपुर, जेठ ६
नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६६ ( २०७९ साल) को परीक्षाको नतिजा प्रकाशन भएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा गत २०७९ माघ ७ गते देखि फागुन १३ गतेसम्म सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरेको हो ।
परीक्षामा सहभागी २ हजार ८७७ मध्ये २ हजार ६०२ जना उत्तीर्ण भएका छन । उत्तीर्ण मध्ये विशिष्ट श्रेणीमा ३२४, प्रथम श्रेणीमा १ हजार ८५, द्धितिय श्रेणीमा ९२६ र तृतिय श्रेणीमा २६७ जना उत्तीर्ण भएको भिक्षु महासंघले जनाएको छ । परीक्षामा सहभागिताका लागि ३३ हजार ३६४ जनाले आवेदन दिएका थिए । नतिजामा तह १ देखि ७ सम्म बोर्ड प्राप्त तथा तह ८ देखि १० सम्म सर्वाधिक अंक प्राप्त विद्यार्थीहरूको नामावली संलग्न गरिएको छ ।resu

परीक्षा सञ्चालनका लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत सहित ८५ वटा केन्द्र तोकिएको थियो । नतिजा प्रकाशन गर्दा गल्ती नहोस् भनी कोशिस गरिएको जानकारी दिँदैं महासंघले नाम, केन्द्रलगायतका विषयमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
केन्द्रीय परीक्षा नियन्त्रकले परीक्षा संचालन, नतिजा प्रकाशन तथा परियत्ति विकासको लागि सहयोग पुरयाउनु हुने भिक्षु महासंघ, मूल समितिका पदाधिकारीहरू, केन्द्राध्यक्ष, शिक्षक, विद्यार्थी, सुपरिवेक्षक, अभिभावक, दाताहरूमा साधुवाद दिएको छ ।
नियन्त्रकले प्राइभेट परीक्षाहरूको नतिजा क्रमश वेभसाइटमा अपलोड हुँदै जाने जनाउँदैं कोविद, सद्धम्म पालक तथा बोर्ड प्राप्त विद्यार्थीहरूको लागि यही जेठ २० गते शनिबार दिउँसो ३ बजे दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम रहेको जानकारी दिए ।