रमेश रसिकको गजल ‘जति निदाउ रातमा’ कमलको स्वरमा सार्वजनिक

भक्तपुर, बैशाख २६
उपप्राध्यापक रमेश रसिकको गजल ‘जति निदाउ रातमा…’ गायक कमल बिष्टको स्वर र सरोज प्याकुरेलको संगीतमा सार्वजनिक भएको छ । गजल भिडियोसहित युट्युव च्यानलमा सार्वजनिक भएको हो ।
भिडियोमा श्रीमतीको खुशीको लागि धनसम्पत्ती सबै नामसारी गरिएको र श्रीमतीले परपुरुषसँग सम्बन्ध राखी श्रीमानलाई अलपत्र पारेको कथा समावेश गरिएको छ । संगीतकार प्याकुरेलले नै निर्देशन गरेको भिडियोमा विजय गिरी, मिना बासकोटा, प्रकाश सापकोटा र रोशन अधिकारीको अभिनय रहेको छ । भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।
रचनाकार रसिकले सो गजल करिव १३ वर्ष अघि रचना गरिएको बताउनुभयो । १३ वर्ष डायरीमा सिमित गजललाई संगीतकार प्याकुरेलले ज्यान भरेपछि गायक कमलको जादुमयी स्वरमा स्वरांकन गरी छायांकन समेत गरी हालै सार्वजनिक गरिएको हो ।