न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै सरोकारवालाहरुको चिन्ता

भक्तपुर, बैशाख २६
नेपालको न्यायलयमा भ्रष्टाचार र वेथिती बढेको भन्दै कानुन व्यवसायी र न्याय क्षेत्रका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । उनीहरुले यही रुपमा खुलमखुला भ्रष्टाचार र वेथिती बढ्ने हो भने न्यायपालिकामाथि जनताको विश्वास गुम्ने खतरा रहेको औंल्याउनुभयो ।
कानुन दिवसको अवसरमा मंगलवार नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईले आयोजित वर्तमान न्यायपालिकाको समस्या र चुनौती विषयक विचार गोष्ठीमा सहभागिहरुले न्यायपालिकाको विश्वास जगाउन
नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले छिटो छरिटो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनता न्याय नपाएर छटपटिएको अवस्था रहेको बताउँदैं स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन र प्रभावकारी सेवामार्फत् सुदृढ एवं भरोसायोग्य न्याय प्रणालीको स्थापना र विकासका लागि आ–आफ्नो ठाउँबाट सबैले योगदान पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसियसनका पुर्व महासचिव सुनिल पोखरेलले अहिलेको न्यायपालिका राजनीतिबाट आक्रान्त बनेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रधानन्यायधिश हटाउन र नियुक्तिका लागि समेत बारले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु नेपालको न्यायपालिकाको दुर्भाग्य भएको बताउनुभयो ।
उहाँले न्यायपालिका आजको अवस्थामा आइपुग्न कानुन व्यवसायी, न्यायधिश र सरकारी वकिलहरुले म कति जिम्मेवार छु भन्ने ढंगले सोच्ने बेला आएको बताउनुभयो । “न्यापालिका आजको अवस्थामा पुग्नका लागि म कति जिम्मेवार छु । बार कति जिम्मेवार छ ? न्यायपालिका स्वयम् कति जिम्मेवार छ ? न्यायधिशहरु कति जिम्मेवार हुनुहुन्छ र सरकारी वकिल कति जिम्मेवार हुनुहुन्छ ? यो कुराको एक चोटी फर्केर हेर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिलेको अवस्थामा न्यायपालिका सच्चिएर अघि नबढ्ने हो भने न्यायपालिकामाथि जनताको विश्वास गुम्ने खतरा उत्पन्न भएको औंल्याउनुभयो । उहाँले अदालतको आदेश कार्यान्वयन नहुनु, न्यायधिशहरुको सुनुवाई, मुद्दा फस्र्यौटमा ढिला सुस्तीलगायतका चुनौती रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुलाई समयमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कानुन आयोगका पुर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले सर्वोच्च अदालतलगायतका न्याय क्षेत्रमा राजनीतिक भागवण्डाको आधारमा नियुक्ति दिने प्रवृत्तिले वरिष्ठ भन्दा कनिष्टहरुले मौका पाउने गरेको र यसैका कारण न्याय क्षेत्रको बदनामी शुरु भएको धारणा राख्नुभयो ।
भक्तपुर जिल्ला अदलातका मुख्य न्यायधिश गोपालप्रसाद बास्तोलाले न्यायपालिकामा विश्वनाथ उपाध्यायपछि कल्याण श्रेष्ठले केही सुधारको प्रयास गरेको चर्चा गर्दै अदालतको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले बार एशोसियसनको आन्दोलन प्रधानन्यायधिको नियुक्तिमा भन्दा जिल्ला, उच्च र सर्वोच्च अदालतमा खाली रहेको बेन्चको बारेमा आवाज उठाई ती अदालतहरुमा न्यायधिश नियुक्तिमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालतका इकाईका कार्यबहाक अध्यक्ष सरोजकुमार तुछें श्रेष्ठले कानुन दिवसलाई कानुन व्यवसायीहरुको हक हित, विभिन्न तालिम सञ्चालन गर्ने र कानुन व्यवसायीहरुको बृत्ति विकासका लागि अवसरको रुपमा मनाउने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका सचिव पुरुषोतम तिमिल्सिना, सहसचिव सुमित्रा मल्ललगायतले कानुन दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।