सांसद थापा अस्वस्थ

भक्तपुर, बैशाख २६
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा अस्वस्थ हुनुभएको छ । खुट्टाको नशामा समस्या देखिएपछि उहाँ अस्वस्थ हुनुभएको हो ।
केही समयदेखी खुट्टामा समस्या आई हिँड्डुल गर्न समेत सकस भएपछि सांसद थापा उपचारका लागि सोमवार मध्यपुर अस्पताल जानुभएको थियो । स्वास्थ्य परिक्षणका क्रममा नशामा समस्या देखिएको उहाँको सचिवालय सदस्य जगदिश बस्नेतले बताउनुभयो ।
सांसद थापालाई केही दिन चिकित्सकीय निगरानीमा उपचार गर्नुपर्ने भएकाले भर्ना गरी उपचार भैरहेको र स्वास्थ्यमा सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।