नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

भक्तपुर, बैशाख २४
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । प्रहरीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपुरा थाना बेल्थरा रोड स्थायी वतन भएका भारतीय नागरिकहरु काठमाण्डौंको शंखमूल बस्ने ५५ वर्षिय भरतप्रसाद गुप्ता, ३० वर्षिय राहुल गुप्ता, ५० वर्षिया ज्ञानमती देवी गुप्ता र ३९ वर्षिय गोपाल गुप्ता रहेका छन ।
यसैगरी ललितपुरको लगनखेल बस्ने ४४ वर्षिय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षिय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षिय भरत गुप्ता, ४२ वर्षिया स्नेहलता गुप्ता, ४९ वर्षिया मिनदेवी गुप्ता र ५२ वर्षिय राजेशकुमार गुप्ता छन ।
उनीहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देही लगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार उनीहरूलाई शनिबार काठमाडौंको शंखमूल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको हो ।
उहाँले भारतीयहरुले वंशजको आधारमा नै नेपाली नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गर्दै आएको भेटिएको बताउनुभयो । उहाँले प्रहरीले एउटै प्याटनमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको बताउनुभयो ।
पक्राउ परेकाहरु मध्ये भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाण्डौमा बसाईसराई भएको प्रमाण पत्र, भारतिय राजदुतावासबाट भारतिय नागरिक भएको सिफारिस पत्र, भारतिय सवारी चालक अनुमति पत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतिय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरुका साथै नेपाली नागरिकताको प्रमाणपत्र ७ वटा, मतदाता परिचय पत्र ५ वटा र मोवाईल ९ वटा बरामद भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा भरत प्रसाद गुप्ताले सिराहा जिल्ला रामनगर मिर्चैया–२ बस्ने शिव शंकर प्रसाद गुप्ताको छोरा भरत प्रसाद गुप्ताको नाममा मिति २०६३÷१२÷१७ गते जन्मको आधारमा १५३०९०÷१०४ नम्बर, राहुल गुप्ताले भरत प्रसाद गुप्ताको छोरा राहुल गुप्ताको नाममा २०७०÷०१÷२९ गते वंशजको आधारमा १५३०९०÷३४ नम्बरको र ज्ञानमती देवी गुप्ताले भरत प्रसाद गुप्ताको पत्नीको नाममा मिति २०६८÷०३÷०९ गते १५१०९०र७३० नम्बरको वैवाहिक अंगिकृत नेपाली नागरिकता लिएको देखिएको छ ।
यस्तै पक्राउ परेका अर्का भारतीय नागरिक भरत गुप्ताले मिति २०६३÷११÷०७ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ३३३०८१÷१९२ नम्बरको नेपाली नागरिकता जन्मको आधारमा लिएको देखिएको छ ।
पक्राउ परेकी स्नेह लता गुप्ताले बाराको निजगढ–८ बस्ने रामेश्वर प्रसाद गुप्ताको छोरी भरत गुप्ताको श्रीमती स्नेह लता गुप्ताको नाममा मिति २०६९÷०९÷११ मा वंशजको आधारमा ३३२०११÷३६६२८ नम्बरको नेपाली नागरिकता लिएको देखिएको छ ।
गोपाल गुप्ताले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट मिति २०६३÷११÷१८ गते ३७३०६३÷१८२ नम्बरको नेपाली नागरिकता लिएको देखिएको एसपी रेग्मीले बताउनुभयो ।
यसैगरी पक्राउ परेका राजेश कुमार गुप्ताले बाराको जीतपुर नगरपालिका–३ बस्ने दिनेश प्रसाद गुप्ताको छोरा राजेश कुमार गुप्ताको नाममा मिति २०६३÷११÷२८ गते जन्मको आधारमा ३०७९÷४०१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको छ ।
मिना देवी गुप्ताले बारा निजगढ–८ बस्ने रामानन्द साहको छोरी राजेश कुमार गुप्ताको श्रीमती मिना देवी गुप्ताको नाममा मिति २०६९÷०९÷११ गते वंशजको आधारमा ३३२०११÷३६६२१ नम्बरको नेपाली नागरिकता लिएको देखिएको एसपी रेग्मीले बताउनुभयो ।
राम प्रवेश गुप्ताले रूपन्देही फरेना–२ बस्ने मोहन गुप्ताको छोरा राम प्रवेश गुप्ताको नाममा मिति २०६३÷११÷२१ गते २०६३ सालको नागरिकता टोलीबाट जन्मको आधारमा ३७३०५७÷१२३ नम्बरको नेपाली नागरिकता लिएको अनुसन्धानमा खुल्न आएको छ ।
राम सुन्दर गुप्ताले पर्सा बिरगंज उपमहानगरपालिका – २ बस्ने मोहन गुप्ताको छोरा राम सुन्दर गुप्ताको नाममा मिति २०६३÷१२÷१५ मा जन्मको आधारमा ३४३०२२(२÷६३६ नम्बरको नेपाली नागरिकता लिएको खुल्न आएको एसपी रेग्मीले बताउनुभयो ।
पक्राउ परेका सबै व्यक्तिको सन २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक भएको देखिएको छ । पक्राउ परेका सबैलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी रेग्मीले जानकारी दिनुभयो ।