मुस्ताङमा चोरी गरी फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ

भक्तपुर, बैशाख २०
मुस्ताङको वारागुङ गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका–२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते नगद चोरी गरी फरार रहेका मोक्तानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातिबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।