दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

भक्तपुर, बैशाख १८
दुई जना १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिवार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–२ बस्ने २२ वर्षीय कर्मा तामाङ रहेका छन ।
तामाङले भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित एक होटलमा ती किशोरीलाई पु¥याई विभिन्न प्रलोभनमा पारी ललाई फकाई शुक्रबार राति जरबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।