ओभर घटाएर खेल शुरु

भक्तपुर, बैशाख १६
एसिसी प्रिमियर कप अन्तर्गत वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल पुनः सूचारु भएको छ । खेल ओभर घटाएर शुरु भएकोे हो ।
वर्षाले करिव २ घण्टा खेल रोकिएपछि खेल ओभर घटाएर पुनः शुरु गरिएको हो । खेल अब ४२–४२ ओभरको हुनेछ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले वर्षाले खेल रोकिनुअघि २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रन र कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् ।