स्विटजरल्याण्डका राजदुत च्याप्लरद्धारा मध्यपुर थिमिको बिस्का जात्रा अवलोकन

भक्तपुर, बैशाख ३
मध्यपुर थिमिको बिस्का जात्रा विदेशी राजदुत, सांसद एवम् काठमाण्डौं उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले अवलोकन गरेका छन । मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणमा विदेशी तथा स्वदेशी पाहुनाहरुले जात्राको अवलोकन गरेको हो ।
बिस्का जात्राको अवसरमा मध्यपुर थिमिमा मनाईने जात्राहरु मध्ये बैशाख २ गते बिहान स्थानीय बालकुमारी परिसरबाट शुरु हुने सुईनिखः (३२ खट)सहितको सुथसिया (बिहानीको) भुईसिन्ह (सिन्दर) जात्रा र दिउँसो बोडेमा हुने म्ये प्वा खनेगु (जिब्रो छेड्ने) जात्रा प्रमुख आकर्षकयुक्त जात्रा हो । यही जात्रा अवलोकनका साथै जात्रामा बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विदेशी तथा स्वदेशी पाहुनालाई जात्रा अवलोकनका लागि आमन्त्रण गरिएको र सोही अनुसार विदेशी राजदुत लगायतसांसद एवम् काठमाण्डौं उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले अवलोकन गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


जात्रा अवलोकनका लागि नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भोन च्याप्लर, भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुलर्भ थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।