मध्यपुर थिमिमा क्यु आर कोडमार्फत शुल्क भक्तानी गर्न सकिने

भक्तपुर, चैत्र २३
मध्यपुर थिमि नगरपालिकाले शुल्क भुक्तानीमा डिजिटल प्रविधि प्रयोगमा ल्याएको छ । नगरपालिकाले बिहिवारबाट क्यु आर कोड लागु गर्दै शुल्क भुक्तानी डिजिटल प्रविधिबाट गर्न सकिने व्यवस्था गरेको हो ।
नगरपालिकाले बिहिवार वडा नं. ४ मा आयोजित कार्यक्रममा क्यु आर कोड मार्फत नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले शुल्क भुक्तानी गर्दै उक्त सेवाको शुरुवात गर्नुभएको हो ।


सो अवसरमा नगरप्रमुख श्रेष्ठले नगरवासीलाई शुल्क भुक्तानीमा सहज र सरल बनाउन क्यु आर कोड लागु गरिएको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको युगमा परम्परागत तरिकाले नगद भुक्तानी गर्ने प्रवृत्तिको अन्त्यका लागि क्यु आर कोड लागु गरिएको बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले क्यु आर कोड सबै वडा र नगरपालिकाको कार्यालयमा समेत लागु गरिने जानकारी दिनुभयो ।